लोकमानलाई कारवाही गर्न महाअभियोग सिफारिस समितिको प्रस्ताव
काठमाडौ– व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कार्वाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ ।समितिको विहिबार बसेको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कार्वाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो ।
उपसमितिले बुधबार बुझाएको प्रतिवेदनमा पदमुक्त भईसकेका कार्कीलाई महाअभियोग लगाईरहन भने नपर्ने उल्लेख गरिएको छ । कार्कीले पदमा रहँदा गरेका गैरकानूनी कामलाई कार्वाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने सहमति भएको समितिका सदस्य रेवतीरमण भण्डारीले जानकारी दिए ।
तत्कालीन अख्तियार प्रमुख कार्कीले अदालतको मानहानी गरेको, पदीय आचरण विपरित गतिविधि गरेको, मेडिकल काउन्सिलमाथि हस्तक्षेप गरी आफनो अनुकूल निर्णय गराउन दवाव दिएको, समानान्तर सरकार चलाउन खोजेको लगायतका आरोप लगाई संसदमा महाअभियोग प्रस्ताव सिफारिस गरिएको थियो । सोही सम्बन्धमा छलफल गर्न समितिले उपसमिति गठन गरेको थियो ।
उपसमितिले बुझाएको प्रतिवेदन समितिले अनुमोदन गरेपछि संसदमा पेश हुनेछ । व्यवस्थापिका संसदले कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव अघि बढाउने वा नबढाउने भन्नेबारे आवश्यक सुझाव दिन समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण