हजारौँ हिन्दूले मनाए मलेसियामा थाइपुसाम पर्व
बिहीबार, २७ माघ २०७३, १७ : ३५
मलेसिया - मलेसियाका विभिन्न ठाउँमा रहेका मन्दिरहरुमा जम्मा भएर दश लाखभन्दा बढी हिन्दूले बिहीबार ‘थाइपुसाम’ पर्व मनाएका छन् ।
राजधानी क्वालालम्पुरमा रहेको बटु क्याभेस मन्दिरमा अन्त्याधिक धेरै भिडभाडकाबीच यो पर्व मनाइएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
माता पार्वतीका छोरा मुर्गान (त्यहाँको भाषामा पार्वतीका छोरा कुमारलाई मुर्गान भनिन्छ)ले लडाइँ गरेर दानव सत्रुलाई पराजित गरेको सम्झनामा थाइपुसाम पर्व मनाउने गरिन्छ ।
तमिल हिन्दू धर्मावलम्वी ब्रतालुले हातहतियार, दुध र नरिवलसहितका सामग्रीहरु लिएर खालीखुट्टा २७२ पाइला हिडेर मन्दीरमा जाने गर्दछन् ।
थाइपुसामको पूजाका लागि भक्तालुहरुले विशेष तरिकाले दैनिक पूजा गर्ने गर्दछन्, त्यति बेला उनीहरुले एक हप्तासम्म यौन सम्पर्क नगर्ने र साकाहारी खाना खाने गर्दछन् ।
मेरो कुनै छुट्टै र विशेष माग छैन, केबल पूजाका लागि मात्रै आएको हँु, थाइपुसम पर्व मनाइरहेकी इया भाल्मुन्दीले भनेकी छिन् ।
मलेसियामा झण्डै तीन करोड १० लाख व्यक्ति मुस्लिम छन् । त्यस बाहेक देशभरीमा झन्डै बीस लाख आदीवासी भारतीयमूलका बासिन्दा रहेका छन् ।
उनीहरु अधिकांश तत्कालिन ब्रिटीस उपनिवेशका शासकले भारतमा शासन गरेका बेला कामदारको रुपमा मलेसिया ल्याइएका भारतीयका सन्तान हुन् ।
भगवान मुरुगानलाई भारतको दक्षिणी क्षेत्रमा र दक्षिणपूर्वी एसियाका तमिलहरुले पूजा गर्ने गर्दछन् । थाइपुसाम पर्व मलेसिया बाहेक भारत र सिङगापुरमा मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण