सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

श्रीमती र सासूमाथि खुकुरी प्रहार गर्ने प्रहरी नियन्त्रणमा

शुक्रबार, २२ वैशाख २०७४, १२ : ५३
शुक्रबार, २२ वैशाख २०७४
राजविराज, २२ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–५पिपरास्थित माइतीमा बस्दै आएकी आफ्नी श्रीमती र सासूलाई एक व्यक्तिले खुकुरी प्रहार गरी घाइते बनाएको छ । जिल्लाको सप्तकोसी नगरपालिका–७ ओद्राह टोल बस्ने ५० वर्षीय बहादुर सदाले रिसइबीका कारण मादक पदार्थ सेवन गरी माइतीमै बस्दै आएकी श्रीमती माहादेवी सदा र सासू हसनीदेवी सदालाई खुकुरी प्रहार गरी घाइते बनाएको हो । खुकुरी प्रहारबाट महादेवीको टाउकामा गम्भीर चोट लागेको छ भने हसनीदेवीको घाँटी काटिएको छ । घाइते दुवैजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता खुकुरी प्रहार गर्ने सदालाई स्थानीय फत्तेपुर प्रहरी चौकीले पक्राउ गरी अनुसन्धान थालेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप