सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीले आफ्नो गठबन्धनमा नाम राखेको भन्दै गच्छदारको पार्टीद्वारा आपत्ति

शुक्रबार, २२ वैशाख २०७४, १८ : २१
शुक्रबार, २२ वैशाख २०७४

काठमाडौ वैशाख २२–प्रधानन्यायाधीश सुशिला कार्कीमाथि लगाइएको महाअभियोगको विरुद्धमा बनाइएको गठबन्धनमा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमलाई राखेको प्रति सो पार्टीका नेताले आपत्ति जनाएको छ ।

रातोपाटीसँग कुरा गर्दै सो पार्टीका महासचिव रामजनम चौधरीले भने, ‘एमालेले हिजो छलफलका लागि बोलाएको हो । तर छलफल गर्दैमा गठबन्धनमा गइन्छ त ?’ । उनले एमालेको कार्यप्रति आपत्ति पनि जनाएका छन् ।

उनले भने, ‘हामी कुनै गठबन्धनमा छैनौ, हिजो छलफलका लागि एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली बोलाउनु भएको थियो तर एमालेको प्रस्तावप्रति सहमत छैनौँ, तैपनि आफूहरुको पार्टीको नाम राखेर प्रचार गरिरहनु भएको छ ।’ प्रधानन्यायाधीश कार्कीमाथि लगाइएको महाअभियोगप्रति हालसम्म आफ्नो पार्टीले कुनै धारणा नबनाएको बताउँदै उनले भने, महाअभियोगको विषयमा हामी ‘न्युट्रल’ छौ ।’

नेकपा एमालेले हिजो महाअभियोगको विषयमा छलफलका लागि राप्रपाका कमल थापादेखि फोरम नेपालका उपेन्द्र यादव तथा गच्छदारसम्मलाई बोलाइएको थियो । बोलाएका मध्ये उपेन्द्र यादवले महाअभियोगप्रति आफ्नो आपत्ति रहेपनि यो गठबन्धनमा नबस्ने भनेका थिए । गठबन्धनको लिस्टमा उनको नाम राखिएन । तर गच्छदारको नाम राखएको छ । महाअभियोगको विरुद्धमा १० पार्टीको गठबन्धन भन्दै हिजो विज्ञप्ति नै जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप