राजपाका नेतालाई शीतलनिवासमा राष्ट्रपतिको निम्तो
काठमाडौ, वैशाख २२– राष्ट्रपति विद्यादेवी भाण्डरीले नवगठित राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएकी छिन् ।
प्रधानन्ययाधीश सुशिला कार्कीमाथि लागेको महाअभियोग, संसदमा विचारधिन संशोधन विधेयक तथा स्थानीय चुनावको विषयमा छलफल गर्न राष्ट्रपति भण्डारीले राजपाका नेताहरुलाइृ शुक्रबार ५ बजे शीतलनिवास बोलाएकी हुन् ।
दलहरु बीच ध्रुवीकरण बढिरहेको बेला राष्ट्रपति भण्डारीले मधेशी नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।
राजपा पहिलो चरणको चुनावमा भाग लिएको छैन । उता, एमालेले संसद अवरोध गरेपनि महाअभियोगमाथि छलफल गर्ने कार्यसुचि राखिएको थियो तर दोस्रो चरणको बैठकमा महाअभियोग विषयमा छलफल गर्न एमालेले दिएन ।
संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने राजपाले अडान लिँदै आएका छन् । यस अवस्थामा दोस्रो चरणको चुनाव अप्ठ्यारोमा पर्ने हो कि भनि शंका उत्पन्न भएको छ ।
राष्ट्रपति भण्डारीले आफूहरुलाई राष्ट्रपति भवनमा बोलाएपनि किन बोलाएको भन्ने थाहा नभएको राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण