के उत्तर कोरियाको मिसाइल नक्कली हुन् ?
अन्ना डोबेल/बीबीसी
बैशाख २२ – उत्तर कोरियाले पछिल्ला केही हप्तादेखि अमेरिकालाई परमाणु बममार्फत हमला गर्ने धम्कस् दिइरहेका छन् । तर अब अमेरिकी सेनाका एक पूर्व अधिकारीले उत्तर कोरियाको हतियार र मिसाइललाई नक्कली बताएको छ ।
अमेरिकी सेनाका गुप्तचर विभागमा काम गरिसकेका माइकल प्रिजेन्टले दक्षिणपन्थी टेलिभिजन च्यानल फक्स न्यूजसँगको कुराकानीमा परेडको क्रममा देखाइएको थुप्रै बन्दुक हाँस्न लायक भएको बताएका छन् । केही बन्दुक र मिसाइल सक्कली नभएको उनले दाबी गरेका छन् ।
उत्तर कोरियाले पछिल्लो १५ अप्रिलमा राजधानी प्योंगया«मा परेड निकालेर आफ्नो हतियार प्रदर्शन गरेका थिए ।
यद्यपी, उत्तर कोरियामा शक्ति प्रदर्शन गर्न नक्कली हतियारको प्रयोगको प्रचलन नयाँ नभएको उनले बताएका छन् ।
यद्यपी, चाटम हाइसमा एशिया प्रोग्रामका असिस्टेन्ट हेड जेम्स हेनाको मान्यता भने भिन्न छ । अहिलेको समयमा दुबै देशबिच बढिरहेको तनावको कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भएको बताएका छन् ।
उनी भन्छन्, ‘अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाको परमाणु धम्कीसँग लड्ने कसम खाएका छन् ।’
जेम्स हेनाका अनुसार उत्तर कोरियाका केही परमाणुमा नयाँ प्रकारको क्षमता देखिए । जसका कारण उत्तर कोरियाको आत्मविश्वास बढेको छ र उनले आफू अगाडि बढिरहेको र कसैसँग पनि नडराउने भनी स्पष्ट रुपमा भनिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण