गोल्डेन डाइमण्ड ज्वलरी मेलामा उपोक्ताको घुइँचो
शुक्रबार, २२ वैशाख २०७४, १८ : १२
ललितपुर, बैशाख २२– नयाँ बर्ष तथा मछिन्द्रनाथ जात्राको अवसरमा आयोजना भएको ‘गोल्डेन डाइमण्ड सुन मेला’मा उपभोक्ताको घुइँचो लागेको छ ।
गोल्डेन डायमण्ड एण्ड ज्वलरी कम्पनीको आयोजनामा शुरु भएको मेलामा सुन तथा हिराका गरगहनाका पारखिहको भिड लागेको हो ।
पर्वका अवसरमा नयाँ नयाँ डिजाइनका सुनका गरगहना एउटै थलोवाट सुपथ मुल्यमा उपलब्ध गराउने उद्धेश्यले मेला आयोजना गरिएको हो । मेलामा आधुनिक तथा पुरातन दुवै शैलिका सुनका मिश्रित एवं तविनतम डिजाइनयुक्त गरगहना समावेश गरिएको आयोजकले वताएका छन् ।
गोल्डेन डायमण्ड एण्ड ज्वलरी कम्पनिका अध्यक्ष ज्ञानुराज शाक्यले उच्च गुणस्तरीय गरगहना सहज र सुपथ मुल्यमा एउटै थलोवाट उपलब्ध गराउने उद्धेश्यले मेलाको आयोजना गरिएको वताए ।
खासगरी उपभोक्ताकालागि लक्ष्क्षितगरी ललितपुरको मंगलवजारको हखाटोलमा शुरु भएको मेला २४ बैशाख सम्म सञ्चालन हुने छ ।
मेलाको अवसरमा सुन तथा हिराका गरगहना खरिदगर्ने ग्राहकलाई छुट तथा गिफ्ट ह्याम्पर प्रदान गर्ने व्यवस्था गरिएको छ । अध्यक्ष शाब्क्यका अनुसार महोत्सवमा हिराका गरगहनामा ५ देखि २५ प्रतिशत सम्म नगद छुटका साथै सुनका गरगहनामा ज्याला छ्ट तथा प्रत्येक ग्राहकलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको छ ।
डायमण्ड एण्ड ज्वलरी कम्पनिले विक्रीगर्ने सुन तथा डायमण्डका सामाग्रिहरु उच्च गुणस्तरीय हुने अध्यक्ष शाक्यले वताए । सो कम्पनिवाट विक्री हुने सवै गरगहनाको ग्यारेण्टी समेत उपलब्ध गराइने, सवै गरगहना हलमार्क अनुसार हुने र ग्राहकले चाहेमा जहिलेसुकै पनि त्यसलाई उचित मुल्यमा फिर्ता समेत गर्न सक्ने छन् ।
ग्यारेण्टी कार्ड अनुसार गरगहना टुटफुट भएका विना शुल्क मर्मत गरिने नीतिपनि कम्पनीले लिएको छ । टाउकोदेखि खुट्टासम्म प्रयोगहुने सवै खालका सुन तथा हिराका उच्च गुणस्तरीय गरगहना एउटै थलोवाट पाउन सकीने कम्पनिका प्रवन्ध निर्देशक समिट शाक्यले वताए । उनका अनुसार युवापुस्तालाई प्रवद्र्धनगर्ने नीतिपनि कम्पनिले लिएको छ । यस्तै आधुनिक सूचना प्रविधिको प्रयोगमार्फत विश्व भर गरगहनाको निर्यातगर्ने योजना समेत कम्पनिले वनाएको उनले वताए ।
अनलाइन मार्फत गरगहना अर्डरगरी विश्वको कुनैपनि स्थानमा सहजै पाउन सकीने उनले वताए । कम्पनिले गरगहना निर्यातको योजनापनि अगाडि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण