अफिसरहरुलाई आइजिपीको ब्रिफिङ : ‘कसैले कल्पना नगरेको परिस्थितिको हामीले सामना गर्दैछौँ’
बैशाख २२, काठमाडौं– प्रहरी महानिरीक्षक प्रकाश अर्यालले कसैले कल्पना नगरेको परिस्थिति नेपाल प्रहरीले अहिले सामान गरिरहेको बताएका छन् । शुक्रवार भृकुटीमण्डपस्थित पुलसि क्लवमा सिनीयर अफिसरहरुलाई ब्रिफिङ गर्दै अर्यालले आईजिपी नियुक्ति विवाद र त्यसपछि उत्पन्न घट्नाप्रती संकेत गर्दै भने, ‘कसैले कल्पना नगरेको परिस्थितिको सामना हाल नेपाल प्रहरीले गरिरहेको छ, यसप्रति हुने कुनै पनि टीकाटिप्पणीतर्फ हामी सचेत रहनुपर्छ ।’
‘अत्यन्त सुझबुझपूर्ण र समझदारीका साथ संगठनको छवि र गतिलाई गर्विलो बनाउनु अहिलेको आवश्यकता हो’ महानिरीक्षक अर्यालले भने, ‘हरेक प्रहरी कर्मचारीले आफ्नो व्यवहार, बोलीवचन, सोच्ने शैलीमा अझै परिष्कृत गर्दै जानुपर्छ ।’
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुक स्थानिय निकायको निर्वाचनमा होमिसकेको उल्लेख गर्दै निर्वाचनमा खटिएका प्रहरी कर्मचारीहरु निर्भिकताकासाथ सुम्पिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिए ।
‘कुनै भ्रम, अफवाहमा नरुमलिएर पूर्ण बफादारिताकासाथ जिम्मेवारी पुरा गर्नेमा प्रहरी कर्मचारीहरुको अनुभव र उर्जामा रत्तिभर शंका नभएकोमा म विश्वस्त छु’ प्रहरी प्रमुख अर्यालले भने, ‘सबै प्रहरी कर्मचारीहरुले आफ्नो धरातल नबिर्सी प्रहरी संगठनको गरिमालाई कायम राख्न कुनै कसर बाँकी नराखौं ।’
प्रहरी कर्मचारीहरुले सदैव अनुशासन, आचरण र व्यवहारमा ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक अर्यालले संगठनको नीति र मर्यादामा आँच आउने अव्यवसायिक र अमर्यादित क्रियाकलापलाई कारबाहीको दायरामा ल्याउन आफू अडिग रहेको बताए ।
हालको चुनौतीपूर्ण अवस्था र अन्यौलतालाई एकतावद्ध भई संवेदनशीलताकासाथ सामना गर्नुपर्नेमा अर्यालले जोड दिएका छन् । ब्रिफिङमा प्रहरी नायव महानिरीक्षक, महानिरीक्षकहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण