सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

संविधान संशोधनको बाधक एमाले: गृहमन्त्री निधि

शुक्रबार, २२ वैशाख २०७४, १८ : ५५
शुक्रबार, २२ वैशाख २०७४
जनकपुरधाम, बैशाख २२ – संविधान संशोधनका लागि बाधक नेकपा एमाले रहेको गृहमन्त्री निधिले आरोप लगाएका छन् ।शुक्रबार जनकपुरमा एक कार्यक्रमा बोल्दै गृहमन्त्री निधिले यस्तो बताएका छन् । उनले सम्पूर्ण राजनितीक दलहरु स्थानीय तहको संख्या निर्धारणका लागि जनसंख्याको आधारमा संख्या बृद्धि गर्न सरकार तयार रहेको तर त्यसमा पनि एमाले बाधक बनेको उनले जिकीर गरे । सोही कार्यक्रममा बोल्दै गृहमन्त्री निधि मधेशी जनतालाई संघीयताको पक्षमा एकजुट हुन आग्रह गर्दै जेष्ठ ३१ गते हुन गईरहेको दोश्रो तहको निर्वाचनमा भाग लिन अपिल गरे । उनले संघीयता,गणतन्त्र,समावेशिता र मधेशका जनताको अधिकारको पक्षमा सबैलाई सहयोग गर्नुपर्ने वर्तमान आवश्यकता रहेको बताएका छन् । जनकपुरलाई राजधानी बनाउन गृहमन्त्री निधिले गरे जनकपुरबासीलाई आग्रह उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरधामलाई प्रदेश नम्बर २ को राजधानी बनाउन यहाँका जनतालाई सहनशिल बन्न आग्रह गरेका छन । उनले जनकपुरलाई राजधानी बनाउन पर्सा देखि सप्तरी सम्मका जनताहरुको मन जित्न यहाँका यूवा,नागरिक समाज,व्यापारी,बुद्धिजीवी लगायतसँग अनुरोध गरेका छन् । जनकपुरबासीलाई सहनशिल बन्न आग्रह गर्दै प्रसंगमा गृहमन्त्री निधिले २०७४ माघ ७ गतेसम्म देशमा तिनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान जटिल मोडमा पुग्ने उनले आशंका व्यक्त गरेका छन । उनले भने ‘जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी बनाउन प्रादेशिक,भौतिक,सामाजिक,आर्थिक,शैक्षिक एवं व्यापारीक संरचना अति आवश्यक छ’ यसका लागि यूवाहरुले अगाडी बढ्नुपर्ने अति आवश्यक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप