सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

लमजुङमा निर्विरोध हुने पाँच

शनिबार, २३ वैशाख २०७४, ०९ : ४२
शनिबार, २३ वैशाख २०७४
लमजुङ, २३ वैशाख - स्थानीय तह निर्वाचनका क्रममा यहाँ थप दुई जना निर्विरोध भएका छन् । यससँगै जिल्लाका स्थानीय तहमा पाँच जना निर्विरोध निर्वाचित भएका छन् । नेकपा (एमाले)का तर्फबाट मस्र्याङ्दी गाउँपालिका–८ भुलभुलेमा कृष्णकुमारी गुरुङ महिला सदस्यमा निर्विरोध भएकी हुन् । सोही पदमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी मनकाशी अतिरिक्त हुलाक कार्यालय भुलभुलेमा कार्यरत कर्मचारी भएको उजुरी परेपछि उम्मेदवारी रद्द गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा एमालेबाटै महिला सदस्य डिलकुमारी थापा निर्विरोध भएकी छन् । नेपाली काँग्रेसबाट सोही पदमा उम्मेदवारी दिएकी मैतमाया गुरुङले उम्मेदवारी फिर्ता लिएपछि थापा निर्विरोध बनेकी हुन् । एमालेका तर्फबाट क्होँलासोँथर गाउँपालिका–४ भुजुङमा दलित महिला सदस्य जालु दमै, सोही वडामा एमालेबाटै उम्मेदवारी दिएका एक खुला सदस्य पित्रमान गुरुङ र दूधपोखरी गाउँपालिका–४ इलमपोखरीमा नेकपा(माओवादी केन्द्र)बाट दलित महिला सदस्यमा सुनिता विक निर्विरोध भइसकेका छन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप