ट्रिपरको ठक्करबाट एकको मृत्यु
जनकपुरधाम, बैशाख २३ -एकाबिहानै टिपरको ठक्करबाट धनुषामा एक व्यक्तिको मृत्यु भएको छ । जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत सपहीमा ट्रिपरको ठक्करबाट एक सपहीका ५५ बर्षिय बैजनाथ साहको मृत्यु भएका प्रहरीले जनाएको छ । ढल्केवर तर्फबाट जनकपुर जाँदै गरेको ना ७ ख २२६३ नम्बरको ट्रीपरले बाटो काट्ने क्रममा सहालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नरेश सिंहले जानकारी दिएका छन् । ट्रिपरले बाटो काट्ने बटुवालाई ठक्कर दिई भागिरहेको अवस्थामा ट्रिपर सहित चालकलाई वडा प्रहरी कार्यालय मुजेलियाले नियन्त्रणमा लिएको जनाएको छ । राजमार्गमा ट्रिपरले हप्तैपिच्छे मान्छे ठोक्ने गरेका छन्। जनकपुर ढल्केवर सडक खण्डमा महिनामा सडक दुर्घटना अधिकांश ट्रिपरबाट मान्छेको ज्यान जाने गरेको छ । ट्रिपरले ज्यादती गरेको भन्दै सरोकारबाला निकायहरुलाई दुर्घटना न्यूनिकरणको माग गर्दै साहको मृत्यु पश्चात सपहीका स्थानीयबासिन्दाले जनकपुर सडक खण्ड अवरुद्ध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण