शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

शाक्यको प्रचारका लागि पोखरेलको सम्पर्क कार्यालय जमलमा

शनिबार, २३ वैशाख २०७४, १७ : ३८
शनिबार, २३ वैशाख २०७४
काठमाडौं, वैशाख २३– नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यको प्रचारका लागि स्थायी कमिटी सदस्य शंकर पोखरेलको संयोजनमा जमलमा निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थपना गरिएको छ । एमाले उच्च नेतृत्वको निर्देशनबमोजिम पोखरेलको संयोजनमा सम्पर्क कार्यालय स्थापना गरिएको एमालेले जनाएको छ । सचिवालयमा पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौँ इञ्चार्ज सावित्रा भूषाल, केन्द्रीय सदस्य एवं सानुकुमार श्रेष्ठ, जीवनराम श्रेष्ठ, सुजिता शाक्य, पुर्व मेयर केशव स्थापितसहितको नेतृत्व परिचालित भएको छ । शाक्यले शनिवार अनामनगर, खुशीवु, बौैद्ध र असन, घट्टेकुलो र कालिमाटी लगायतका ठाउँमा घरदैलो कार्यक्रम गरेका छन् । विभिन्न क्षेत्रगत सहयोग समिति र प्रचार समिति गठन भइ व्यापक प्रचार प्रसार सुरु भएको एमाले उपत्यका इञ्चार्ज तथा प्रदेश नं. ३ का सचिवालय सदस्य सानुकुमार श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप