शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

वरिष्ठ साहित्यकार शर्मा रहेनन्

आइतबार, २४ वैशाख २०७४, ०८ : २१
आइतबार, २४ वैशाख २०७४
काठमाडौँ, २४ वैशाख - वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको आज बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको छ । अल्जाइमरलगायत रोगबाट पीडित ९८ वर्षीय शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए । शर्मा राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा पनि सामेल भएका थिए । प्रगतिशील लेखक सङ्घका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई बिहान १० देखि दिउँसो २ः०० बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ः०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ । उनको एक छोरी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप