शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

कट्रिनासँग सेल्फीका लागि हंगामा, प्रशंसकले पाए मज्जाको झापड

सोमबार, २५ वैशाख २०७४, ११ : ४६
सोमबार, २५ वैशाख २०७४

एजेन्सी

बैशाख २५ – सेलिब्रिटीलाई देखेपछि सेल्फी लिने इच्छा धेरैजसोको हुनसक्छ । तर यस्तै इच्छाले कहिलेकाँही समस्यामा पनि पार्नसक्छ ।

केही समयअघि कट्रिना कैफका प्रशंसकले उनको ड्राइभरको हातबाट मज्जाको झापड पाएका छन् । स्पटब्वाईको यो खबरमा यो कुरा सार्वजनिक भएको हो । वास्तवमा, कट्रिना मुम्बईमा आफ्नो डाक्टरलाई भेट्न गएकी थिइन् । त्यहाँबाट फर्कने क्रममा उनका एक प्रशंसकले उनीसँग सेल्फी लिन आग्रह गरे ।

तर साधारणतया प्रशंसकलाई साथीको जस्तै व्यवहार गर्ने कट्रिना त्यस दिन सायद फोटोको मुडमा थिइनन् त्यसकारण उनले ती प्रशंसकको कुरामा ध्यान दिइनन् । ती प्रशंसकले पनि कट्रिनालाई पछ्याउन भने छोडेनन् । उनी कट्रिनाको पछि लाग्दै कट्रिनाको घरसम्म पुगे र गाडी घरभित्र छिरेपछि पनि ती प्रशंसक त्यहीँ उभिएर सेल्फी खिच्न जिद्दी गर्न थाले । यतिमात्र होइन, उनी चिच्याउन थाले ।

उनको यस्तो व्यवहारले जब सीमा नाघ्यो तब कट्रिना बाहिर त आइनन् । तर उनका ड्राइभरले भने उनलाई मज्जाले झापड हाने । उक्त थप्पड यस्तो बलियो थियो ती प्रशंसकको आँखाबाट आँसु आयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप