उपत्यकामा बन्दैछ सबिन र अनुको ‘काउसो’
सोमबार, २५ वैशाख २०७४, १२ : २३
काठमाडौं, बैशाख २५ – मदन घिमिरेको निर्देशन रहेको चलचित्र ‘काउसो’ उपत्यकाको बिभिन्न स्थानमा छायाँकन भइरहेको छ । स्थानिय चुनावले राजधानीलाई ढपक्कै छोएपनि चलचित्र युनिट भने छायाँकन सकाउने सुरुमा काम गरिरहेको छ ।
अर्नभ फिल्मस् पोडक्शनको दोश्रो प्रस्तुसति चलचित्र ‘काउसो’ सिन्धुलीको खुरकोट, बिपिमार्ग लगायतका स्थानको छायाँकन सकाएर हालै राजधानी भित्रिएको हो ।
सविन श्रेष्ठ, अर्जुन गुरुङ, सनि भट्टराई, शान्ताकारम थापा, सुरेन्द्र चापागाई, रामचन्द्र अधिकारी, उग्रशेन ढुंगाना, नविन आचार्य, गौतम भण्डारी, अनु पराजुली, वालकलाकार असिम तिमल्सिना आदिको चलचित्रमा अभिनय रहनेछ ।
‘काउसो’का प्रस्तुतकर्ता अर्नभ वस्नेत हुन् भने गीत, कथा, निर्देशक मदन घिमिरे, निर्मातामा सिताराम तिमल्सिना ‘ज्याक’, भगवान खत्री, पटकथा सम्वाद भोजराज देवकोटा, संगीत विकास चौधरी, छायाँकन रामेश्वार हुमागाई र प्रोडक्शन डिजाईनर सूर्य बुढाथोकी रहेका छन् ।
राजेन्द्र वस्नेतको निर्माण रहने चलचित्रले युवाको प्रेमकथा उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण