लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना
बुटवल, २५ वैशाख । लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको छ । हिंसा प्रभावितलाई स्वास्थ्य उपचार गर्नका लागि सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरिएको हो ।
उक्त सङ्कट व्यवस्थापन केन्द्रबाट यस क्षेत्रका १३ जिल्लाका हिंसापींडितको स्वास्थ्य उपचार गरिनेछ । विभिन्न प्रकारका हिंसाबाट पींडितको कानुनी प्रक्रिया पु¥याएर स्वास्थ्य सेवा दिइने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र सञ्जेल क्षेत्रीले जानकारी गराए ।
सङ्कट व्यवस्थापन केन्द्रबाट उपचार सेवाका लागि अहिलेलाई दुईवटा श्ययाबाट सेवा शुभारम्भ गरिएको र मागअनुसार श्यया सङ्ख्या पछि थप गर्न सकिने अस्पतालले जनाएको छ । हिंसामा परेका व्यक्तिलाई केन्द्रबाट परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस्थापना गरिने बताइएको छ । स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण, संरक्षण, मानसिक एवम् मनोवैज्ञानिक परामर्श दिइनेछ ।
जिल्ला समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको अध्यक्षतामा भएको एक कार्यक्रमको आयोजना गरी अस्पतालले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र स्थापनाबारे जानकारी गराएको हो ।
यसैगरी जिल्ला शिक्षा कार्यालय रुपन्देहीले आफूले सम्पन्न गरेको कार्यक्रम सार्वजनिक गरेको छ । गत शैक्षिकसत्रमा जिल्ला शिक्षा कार्यालय रुपन्देहीले विभिन्न छात्रवृत्ति वितरण गरेको जानकारी दिएको छ । कार्यालयले आधारभूत तहका ५२ हजार ६७९ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको कार्यालयका उपजिल्ला शिक्षा अधिकारी टीकाराम अर्यालले जानकारी दिए ।
सोही शैक्षिकसत्रमा आधारभूत तहकै १० हजार ३११ र माध्यमिक तहका तीन हजार २३५ दलित विद्यार्थीलाई दलित छात्रवृत्ति प्रदान गरिएको उहाँले बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण