एमाले उम्मेद्वारद्ववारा वडा कार्यालयको लेटरप्याड दुरुपयोग
काभ्रे, बैशाख २५ – काभ्रेपलाञ्चोक जिल्लाको भूम्लू गाउँपालिका वडा नं. ७ का एमालेको तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवार बनेका रमेशराज खरेलले सरकारी लेटरप्याड दुरुपयोग गरेको पाईएको छ । भुम्लु–७ का वडासचिव अर्जुनबहादुर कार्कीले हस्ताक्षर गरेर दिएको खाली लेटरप्याड मतदाता प्रभावित पार्नेगरी दुरुपयोग गरेको भन्दै प्रहरी फन्दामा परेका खरेल केही घण्टामै उन्मुक्ति पाएका छन् ।
आईतवार भुम्लु–७ वडा कार्यालयको सचिवद्धारा हस्ताक्षरित खाली लेटरप्याडमा भूकम्प पीडितको नाममा आएको रकम निकासाको लागि सिफारिस लेखिरहेको क्रममा प्रहरीले रमेशलाई बनेपास्थित लक्ष्मी बैङ्कबाट पक्राउ गरेको थियो । स्थानीयका अनुसार खरेलले भूकम्प पीडितको नाममा आएको पहिलो किस्ता बापतको रकम निकासाको लागि सिफारिस गर्न खाली लेटरप्याड प्रयोग गरि उसैले सिफारिस लेख्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउपछि प्रहरीले आवश्यक छानविनको लागि भन्दै जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सहकुलबहादुर थापाले भने ‘हामीलाई जानकारी आएपछि पक्राउ गरी आवश्यक कार्वाहीको लागि भनेर सिडिओ कार्यालयमा बुझाएका छौं, नियम अनुसार उहाँले गर्नुहुन्छ ।’ थापाले भने, ‘त्यो काम निर्वाचन आचार संहिता विरुद्ध भएको छ ।’ उता प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिमखडाले भने आफुहरुले गर्नुपर्ने काम गरेर मुख्य निर्वाचन अधिकृतकहाँ बुझाएको बताए । ‘हामीले मुख्य निर्वाचन अधिकृतकहाँ बुझाएका छौं’ सिम्खडाले भने, ‘अब उहाँले के गर्नुहुन्छ ?’ मुख्य निर्वाचन अधिकृत मेदनी प्रसाद पौड्यालले भने वडा कार्यालयको सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेर त्यसमा दुई लाईन मात्रै लेखेको अवस्थामा पक्राउ परेकाले खासै समस्य नदेखिएको बताए । ‘खाली लेटरप्याडमा लेखिरहेको अवस्थामा पक्राउ गरेको रहेछ, खासै त्यस्तो लेखेको नपाएकाले सचेत गराएर पठायौं ।’ मुख्य निर्वाचन अधिकृत पौड्यालले भने । वडा सचिवको हस्ताक्षरित खाली लेटरप्याड प्रयोग गरेको अवस्थामा प्रहरीले पक्राउ गरिएका खरेललाई मुख्य निर्वाचन अधिकृतले सचेत मात्रै गराएर आईतवार नै मुक्त गराएको छ । भुम्लु गाउँपालिकाको ७ नं. वडा सचिव अर्जुन बहादुर कार्कीले खरेलालई खाली लेटरप्याडमा हस्ताक्षर गरी दिएको पाईएको छ । खाली लेटरप्याड हस्ताक्षर गरेर दिने वडा सचिवलाई भने प्रमुख जिल्ला अधिकारीले विभागीय कारवाहीको सिफारिस गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण