विपद् पूर्वतयारी केन्द्र स्थापना
काठमाडौँ, २५ वैशाख । विपद् व्यवस्थापनका क्षेत्रमा स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एसियाली विपद् पूर्वतयारी केन्द्र ९एडिपिसी० परियोजना नेपालमा पनि लागू भएको छ ।
विपद् जोखिमका दृष्टिले उच्च सम्भाव्यता रहेका नेपालसहित पाकिस्तान, श्रीलङ्का, कम्बोडिया, फिलिपिन्स र म्यान्मारमा यो परियोजना लागू भएको छ ।
बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको सहयोगमा तीन वर्षका लागि लागू भएको यो परियोजना जुलाई २०१९ सम्म सञ्चालन रहनेछ ।
परियोजनाबारे जानकारी दिन यहाँ आयोजित कार्यक्रममा गृह मन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले दिगो विकास लक्ष्यका १७ मध्ये १० वटा लक्ष्य विपद्सँग सम्बन्धित भएकाले यस परियोजनामार्फत ती लक्ष्यहरु हासिल गर्ने गरी काम हुनुपर्नेमा जोड दिए ।
परियोजनाका बारेमा प्रकाश पार्दै परामर्शदाता मनबहादुर थापाले विपद्को उच्च जोखिममा रहेका ३० जिल्लाका दुई सयभन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाको क्षमता अभिवृद्धि एवम् विपद् प्रतिकार्य क्षमताको लेखाजोखा गरी मानवीय सेवालाई प्रभावकारी ढङ्गबाट पु¥याउन सहयोग गरिने बताए ।
एसियाली विपद् पूर्वतयारी केन्द्रकी पूजा कुलकर्णीले परियोजनाले मानवीय सेवाको विस्तार, स्थानीय संस्थाहरुको सबलीकरण, मानवीय सेवासम्बन्धी सूचना व्यवस्थापन, विपद्का समयमा छिटो र समन्यायिक ढङ्गबाट सहयोगको उपलब्धता तथा विपद्का क्षेत्रमा कार्यरत राष्ट्रिय र स्थानीय संस्थाबीच समन्वय अभिवृद्धि गर्न परियोजना केन्द्रित रहने बताए। रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण