राप्रपा बाहिरिँदा गच्छदारलाई लट्री : तीन मन्त्रालयसहित आज सरकारमा सहभागी हुँदै
सोमबार, २५ वैशाख २०७४, १४ : ३०
काठमाडौं, बैशाख २५– नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सरकारमा जाने निश्चित भएको छ । पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा आज बसेको केन्द्रीय सम्पादन समिति र संसदीय दलको बैठकले सरकारमा जाने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डसँग भएको सहमतिअनुसार गच्छदारले उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पाउने छन् ।
यसको साथै पार्टीले संस्कृति तथा पर्यटन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि पाउने भएको छ ।
यसमा को जाने भन्ने टुंगो लागेको छैन ।
तीनवटै मन्त्रालय यसअघि राप्रपाले पाएको थियो । तर, महाभियोग प्रकरणमा असन्तुष्टि जनाउँदै राप्रपाले सरकारबाट राजीनामा दिएको थियो
गच्छदारको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा साढे ५ बजेको लागि तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण