यी हुन् कागेश्वरी मनहरा नगरपालिकाका माओवादी मेयर–उपमेयर उम्मेदवारका चुनावी योजना
सोमबार, २५ वैशाख २०७४, १५ : ०२
काठमाडौ, बैशाख २५ –पहिलो चरणको स्थानीय तहको निर्वाचन आउन अब केहि दिन मात्र बाँकि छ । आजभोलि उम्मेदारहरु घरदैलो कार्यक्रममा व्यस्त छन् । यहि क्रममा माओवादी केन्द्रबाट मेयर र उपमेयरका उम्मेदारहरु पनि घरदैलो कार्यक्रममा व्यस्त छन् ।
घरदैलो अभियानमा जुटेका माओवादी केन्द्रका मेयर र उपमेयरका उम्मेदारहरुले पनि अन्यले जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन,यातायातको विकासमा जोड दिएका छन् ।
मेयर महेश्वर फुयाँलले भने ‘मेरो टिमले विजय प्राप्त गरेपछि कागेश्वरी मनहरा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाउनेछौ । अहिलेसम्म कच्ची सडक छ, राजधानीको नगरपालिका भएपनि सडकहरु धुलाम्य छन् । हाम्रो पहिलो काम भनेकै धुलाम्य सडकलाई हिँड्न लायक बनाउने हुन्छ ।’
शहरीकरण भएको ठाँउमा ढल निकासको व्यवस्था गर्नु पहिलो आवश्यकता देख्छन मेयरका प्रत्यासी फुयाल । ‘यो काम गर्न धेरै समय लाग्दैन । इच्छा शक्ति भए त्यहि भएको जनशक्ति लगाएर व्यवस्थापन गर्न सकिन्छ । यसलाई पनि पहिलो चरणमा काम गर्ने योजना छ ।’ फुयाँलले रातोपाटीकर्मीलाई सुनाए ।
आफ्ना योजना सुनाउने क्रमममा उनले भने ‘हामी नगरपालिका र पव्लिक कम्पनी मिलेर स्मार्ट सिटि बनाउने, नगरपालिकामा रहेको खेतीयोग्य जमिनलाई सुरक्षित बनाउने, कृषिलाई आधुनिकीकरण गर्ने योजना त छुटाउनै भएन ।’ जिवन प्रवाह गर्ने कृषि प्रणालीलाई व्यवसायीकीकरण बनाउने योजना पनि फुयालको छ ।
किसानहरुलाई नगरपालिकामा भएका सहकारीबाट कम व्याजमा ऋण दिलाउने, कागेश्वरी र मनहरा क्षेत्रमा दुई प्राविधिक शिक्षालय खोल्ने,स्कुल शिक्षापछि विद्यार्थीहरुलाई त्यहि प्राविधिक शिक्षा दिलाउने, सामुदायीक विद्यालयहरुको भौतिक पूर्वाधार विकास गर्ने र शिक्षामा उन्नोत्तरी गर्न पहिलो बर्षमा नै कार्ययोजना बनाउने उनको प्रतिवद्धता छ ।
तीन बर्षमा घर घरमा खानेपानी पुगाउने लक्ष्य पुरा गर्न कागेश्वरीमा रहेका जलाधारहरुलाई ट्याङकी बनाएर सबैतिर वितरण गर्ने योजना पनि मेयरका प्रत्यासी फुयालले सुनाए । ‘यहाँ सानो खोला छ त्यसमा सानो जलविद्युत उत्पादन गर्ने छौ ।’
धेरै समुदाय मिलेर बसेको कागेश्वरी मनोहरा नगरपालिका सांस्कृतिक रुपमा पनि धनि छ । धेरै संस्कृति र पहिचान भएका बासिन्दा बसोबास गर्ने कागेश्वरी मनोहरामा तामाङ संस्कृति संग्राहलय, आलकोटमा नेवा सांस्कृतिक समग्राहलय र डाँछिमा जनजाति संग्राहलय बनाउने योजना रहेको फुयाँलको भनाई छ । निमार्णाधिन शहिद पार्कलाई दुई बर्षमा पुरा गर्ने, बागमति ,मनहरा र महादेव खोलामा ग्रीन करीडोर बनाउने र गागलफेदीदेखि गोठाटार सम्म ग्रीन बेल्ट सहित दुर्तमार्ग निमार्ण गर्ने चुनावी प्रतिवद्धता रहेको उनले सुनाए । नगरपालिकामा ठूला उद्योगहरु स्थापना गर्न उद्योगीहरुलाई प्रोत्साहन गर्दै ५० प्रतिशत युवाहरुलाई रोजगारी दिलाउने समेत आफ्नो योजना रहेको कुराकानीका क्रममा फुयाँलले बताए ।
कागेश्वरी मनोहराकै मओवादी केन्द्रकी उपमेयर रकु रनपाल पनि फुयाँलको योजनासँग सहमत छन् । भन्छिन ‘यहाँका महिला र दलितहरुकालागि आत्मनिर्भर हुने तालिमहरु दिलाउने प्रयास गर्छु । आत्म निर्भर हुने योजना मेरा प्राथमिकतामा छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण