प्रिमियमसहित अत्याधुनिक सुविधाको मोबाइल एप बजारमा
बैशाख २५, काठमाडौं -नेपाली पुँजी बजारको विषयमा विविध जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो मोबाइल एप निर्माण गरेको हो । कम्पनीका अनुसार यस एपमा पुँजी बजार सम्बन्धी महत्वपूर्ण समाचार, सेयर कारोबारको प्रत्यक्ष जानकारी, सूचीकृत कम्पनीका बारेमा जानकारी, आइपीओ, हकप्रद, एफपीओलगायत लगानी अवसरका विविध सूचनाहरु उपलब्ध छन् । साथै, कर्पोरेट गतिविधि, सूचीकृत कम्पनीका महत्वपूर्ण गतिविधिलाई पनि एपमा समेटिएको छ । सेयर बजारको आधारभूत तथा प्राविधिक विश्लेषण र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी सेवा पनि एपमा उपलब्ध छ ।
नेपालमै पहिलो पटक लगानीकर्ताले मोबाइल एपमार्फत पुँजी बजारसम्बन्धी गहन विश्लेषणसहितको प्रिमियम सेवासमेत पाउने भएका छन् । यसअन्तर्गत गहन प्राविधिक र आधारभूत विश्लेषण सेवा उपलब्ध हुनेछ । साथै, पोर्टफोलियो ट्रयाकर र एडभान्स चार्ट सेवासमेत उपलब्ध गराइएको छ ।
एपले सेयर बजार सम्बन्धी विस्तृत जानकारी दिने अनि प्रयोगकर्तामैत्री डिजाइन र चलाउन सजिलो भएकाले बजारमा उपलब्ध अरु एप भन्दा उत्कृष्ट रहेको निर्माता सोर्स कोड प्रालिका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले जानकारी दिए ।
एप अहिले एन्ड्रोइडमा मात्र उपलब्ध भए पनि निकट भविष्यमै आइओएसमा पनि आउने कम्पनीको भनाई छ । औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै यो एप तीन हजार भन्दा बढी डाउनलोड भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण