तिलौराकोट क्षेत्रको उत्खनन् गर्न जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण
सोमबार, २५ वैशाख २०७४, १६ : ३६
चुरामणि अर्याल
कपिलवस्तु,वैशाख २५– प्राचीन कपिलवस्तुको तिलौराकोट वरिपरि २० बिगाहा जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण गरिएको छ । अधिग्रहणका लागि मूल्य निर्धारणको सूचना समेत प्रकाशित गरिएको छ । जग्गा प्राप्ति ऐन अनुसार प्रजिअको संयोजकत्वमा गठित समितिले सात तहमा जग्गाको वर्गिकरण गर्दै प्रतिकठ्ठा न्यूनतम ६ लाख देखि १८ लाख सम्म मूल्य निर्धारण गरेको जनाएको छ । मूल्य निर्धारणका लागि सहायक प्रजिअ रामेश्वर अर्यालको संयोजकत्वमा गठित समितिले अध्ययन गरि गत चैत्र दोश्रो साता प्रजिअ लाई प्रतिवेदन बुझाएको थियो ।
सोहि प्रतिवेदनका आधारमा मूल्य निर्धारण गरेको प्रजिअ ढकालले बताए । उनका अनुसार राजमार्ग संग जोडिएको १८ लाख ,सहायक राजमार्गसंग जोडिएको १५ लाख ,ग्राभेल बाटो छोएको १३ लाख ५० हजार प्रतिकठ्ठा मूल्य कायम गरिएको छ । यस्तै कच्ची बाटोसंग जोडिएको ११ लाख,गोरेटो बाटो छोएकोलाई ९ लाख ७५ हजार,वस्ति नजिक बाटो नभएको कृषि योग्य जमिनलाई ७ लाख ५० हजार र बाटो नभएको र बसोबास क्षेत्र भन्दा टाढा रहेको खेतको ६ लाख रुपैयां निर्धारण गरिएको छ ।
जग्गा अधिग्रहरणका लागि पहिलो चरणमा पुरातत्व विभागबाट २० करोड रुपैयां निकासा भएको छ । तर, जग्गा अधिग्रहणको मूल्य निर्धारण गर्दा २८ करोडको हाराहारि भएको प्रजिअ ढकालले बताए । गत माघ दोश्रो सातादेखि अधिग्रहणको प्रक्रिया थालिएको थियो ।विगत चार बर्ष देखि तिलौराकोट र त्यस आसपासका क्षेत्रमा उत्खनन् र अनुसन्धान जारी रहेको छ । हाल तिलौराकोट ५३ बिगाहा क्षेत्रमा कायम रहेको छ ।
उत्खनन्का क्रममा कन्थक स्तुपको किनारमा रहेका ब्यक्तिगत जग्गामा दुई बर्षअघि गरिएको उत्खनन्मा करीब ५०० प्राचीन चाँदीका सिक्का भेटिएका थिए । तिलौराकोट राज शुद्धोधनको राजप्रसाद तथा भगवान गौतम बुद्धले २९ बर्षको युवा अवस्था बिताएको स्थान हो ।
यस्तै जियोफिजिकल सर्वेका क्रममा तिलौराकाट बाहिर समेत विभिन्न संरचना रहेको देखाएको थियो । तिलौराकोट किल्ला पर्खाल बाहिर उत्खननका क्रममा भग्नावशेष र भुभौतिक सर्वेक्षणबाट सङ्केत गरिएको संरचनाको अध्ययन अनुसन्धान सहित थप जानकारी सङ्कलन गरि यसलाई विश्व सम्पदा सूचीमा समेत सुचीकृत गर्ने योजना अनुरुप जग्गा अधिग्रहण प्रक्रिया थालिएको पुरातत्व विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण