एलजी इलेक्ट्रोनिक्सले एक करोड ५० लाख रेफ्रिजिरेटर बिक्री गर्ने
सोमबार, २५ वैशाख २०७४, १६ : ४४
काठमाडौं, वैशाख २५– एलजी इलेक्ट्रोनिक्सले एक करोड ५० लाद रेफ्रिजिरेटर बिक्री गर्ने निर्णय गरेको छ । कम्पनीले उपकरण विभाजनको सबैभन्दा सफल र मुख्यशास्त्र इन्भटर लिनियर कम्प्रेसरद्वारा निर्मित १ करोड ५० लाख रेफ्रिजिरेटर संसार भरी बिक्रीगर्ने निर्णय लिएको हो ।
कम्पनीका गुणस्तरीय रेफ्रिजिरेटरको बिक्री ८ प्रतिशतले बढेको हुँदा यस वर्ष पनि ४० लाख वटा रेफ्रिजिरेटर बिक्रीगर्ने अपेक्षा राखेको छ । जस अनुसार प्रति मिनेट लगभग ७ वटाको दरले रेफ्रिजिरेटर बिक्री हुने गर्दछ । इन्भटर लिनियर कम्प्रेसर गुणस्तरीय रेफ्रिजिरेटरको नमुना हुनाले यसलाई कम्पनीको सफलताको आधार मानिन्छ ।
एलजीको इन्भटर लिनियर कम्प्रेसरले अरु जस्तो घुमाउरो प्रक्रियाबाट नभई लाइनर गतिलाई प्रभावकारी हिसाबले चिसो बनाउने र अरु रेफ्रिजेरेटरको तुलनामा उर्जाको कम प्रयोग र ध्वनी प्रदुषण पनि कम गर्ने कम्पनीले जनाएको छ ।
१६ वर्ष अगाडि इन्भर्टर लिनियर कम्प्रेसर आविश्कार भए पश्चात एलजीले लगातार आफ्नो उपकरणको सुधारमा जोड दिएको छ । एलजीले पाँचौं युगको इन्भर्टर लिनियर कम्प्रेसर २०१४ सालमा भित्राएको थियो । जसले अन्यको तुलनामा ५५ प्रतिशत उर्जा बचाउँछ र १५ प्रतिशत ध्वनी न्यूनिकरण गर्ने जनाइएको छ ।
हाल एलजीका दक्षिण कोरियामा ९८१, अमेरीकामा २३२ र युरोपमा ५२ वटा इन्भर्टर लिनियर कम्प्रेसरका आधिकारिक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण