नयाँ सत्ता समिकरणबारे एमाले सचिवको यस्तो दाबी
सोमबार, २५ वैशाख २०७४, १७ : २४
काठमाडौं, बैशाख २५–नेकपा एमाले सचिव योगेश भट्टराईले प्रचण्ड नेतृत्वको सरकार अब धेरै नटिक्ने र अर्कै नयाँ समिकरण बन्ने दाबी गरेका छन् ।
पहिलो चरणको स्थानीय चुनाव सम्पन्न भएसँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा माओवादी केन्द्रकै समर्थनमा नयाँ सरकार बन्ने समाचारहरु बाहिर भएको सन्दर्भमा उनले त्यो भन्दा छुट्टै समिकरण बन्ने दाबी गरेका हुन् ।
राजधानीमा सोमबार आयोजित पार्टीको चुनाव लक्षित पत्रकार भेटघाट कार्यक्रममा उनले दोस्रो चरणमा हुने निर्वाचन एमाले नेतृत्वको सरकारले गराउने समेत दाबी गरे । यद्यपी उनले एमाले नेतृत्वमा सरकार बन्न सक्ने आधारबारे भने केहि खुलाएनन् ।
सो क्रममा वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड सरकारको ध्यान निर्वाचन भन्दा पनि अदालततिर गएको आरोप लगाए ।
उनले राजनीतिक अस्थितरता हुनुमा वर्तमान सरकार दोषी रहेको आरोप लगाउँदै तुरुन्न महाभियोग प्रस्ताव फिर्ता लिएर सम्पूर्ण ध्यान चुनावतर्फ मोड्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण