प्रिमियर इन्स्योरेन्सको २३ औं वर्षिकोत्सव सम्पन्न
सोमबार, २५ वैशाख २०७४, १८ : २७
काठमाडौं, वैशाख २५ – निर्जिवन बीमा सेवा प्रदायक कम्पनी प्रिमियर इन्स्योरेन्सले आज सोमाबार आफ्नो तेईसौ बार्षिकोत्सव मनाएको छ ।
सो अवसरमा आयोजित कार्यक्रममा कम्पनीको वर्तमान स्थिति, हाल उपलब्ध गराउँदै आएका सेवाहरु र भविष्यमा प्रदान गर्ने ग्राहकमुखी सेवाहरु वारे जानकारी गराइएको थियो ।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँईको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित विभिन्न संस्थाका प्रतिनिधिहरु समेत उपस्थित थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुद्युम्न प्रसाद उपाध्यायले बीमा दावीको प्रक्रिया सरलीकृत गर्ने कम्पनीको मुख्यलक्ष्य रहेको र त्यस अनुरुप कम्पनीले छिट्टै नै सिसिआईपी (कष्टोमर क्लिेम इन्फरमेसन पोर्टल) वा मार्फत ग्राहकहरुलाई अनलाईन प्रक्रियाबाट बीमा दावी प्रक्रियाको सेवा सुरुवात गर्न लागेको जानकारी गराए ।
बीमा समितिका अध्यक्ष चापागाँइले कम्पनीको नयाँ लोगोको अनावरण समेत गरे ।
कम्पनीको आ.व. ०७२ ७३ मा कम्पनीले कुल बीमा शुल्क रु. १ अर्व ४२ लाख आर्जन गरी खुदनाफा रु. १८ करोड ४७ लाख आर्जन गरेको छ । त्यस्तै, कम्पनीको हाल चुक्ता पँुजी रु. ४४ करोड ८५ लाख रहेको छ ।
कम्पनीको व्यावसायिक लक्ष्य पूरा गर्न कम्पनीको अधिकृत पूँजी रु. ७५ करोडलाई बृद्विगरी रु. २ अर्व र जारी पुँजीलाई रु. १ अर्व ५० करोड वनाएको कम्पनीले सोको लागि ६ लाख ५९ हजार कित्ता शेयर एफपीओ जारी गर्नको लागि एनएमबी क्यापिटल लि. सँग सम्झौता भई धितो पत्र बोर्डमा स्विकृतिको लागि निवेदन पेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण