शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आगलागीमा परी चारको मृत्यु पाँच घाइते

सोमबार, २५ वैशाख २०७४, १८ : ३९
सोमबार, २५ वैशाख २०७४
नयाँदिल्ली, वैशाख २५ – दक्षिण भारतीय राज्य तामिल नाडू प्रान्तीय राजधानी चेन्नाइमा अवस्थित एक आवासीय भवनमा सोमबार भएको आगलागीमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य पाँचजना घाइते भएका एक वरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । यस आगलागीमा परी मारिएकामा दुईजना बालबालिका समेत रहेको जनाइएको छ । यस अपार्टमेन्ट परिसरमा रहेका करिब १५ वटा सवारी साधन पनि यस आगलागीमा परेको अधिकारीले जानकारी दिएका छन् । यस आगलागीमा परी घाइते भएका व्यक्तिलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । रासस÷सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप