मतदानको निम्तो बाँड्दै माओवादी उम्मेदवार
सोमबार, २५ वैशाख २०७४, १९ : ०२
काठमाडौँ, वैशाख २५ – नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि सम्पूर्ण मतदातालाई पत्रमार्फत आग्रह गरेको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार स्थानीय तहको निर्वाचनमा सहभागी भएर आफ्नो अधिकार प्राप्त गर्ने अभियानमा कोही पनि नछुटून् भनेर पत्र पठाउन लागिएको हो । पार्टी केन्द्रीय कार्यालयले तय गरेको पत्र बोकेर उम्मेदवार मतदाताको घरदैलामा पुगिसकेको प्रवक्ता भुसालको भनाइ छ । पत्रमा भनिएको छ, ‘नेपालको इतिहासमा पहिलो पटक वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुँदैछ । महान् सहिदको त्याग, बलिदान र सङ्घर्षको फलस्वरुप प्राप्त स्थानीय सरकारलाई कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचनमा सहभागी हुन पाउँदा हामीलाई गौरवको अनुभूति भएको छ ।’
माओवादीले लामो र कठोर सङ्घर्षपछि देशमा गणतन्त्र, सङ्घीयता, समावेशिता, विकास र आर्थिक समृद्धिले फड्को मारेको उल्लेख गर्दै ‘माओवादी केन्द्रको उपहारः गाउँनगरमा सिंहदरबार, हाम्रै रगत र पसिनाको मूल्य हो’ भन्ने पत्रमा उल्लेख गरेको छ ।
पत्रमा संविधान कार्यान्वयनका लागि निर्वाचनको माध्यमबाट महासमरमा होमिएको भन्दै माओवादी केन्द्रले पत्रमा पूर्वाधार विकास, आर्थिक समृद्धि, रोजगारी र जीवनस्तरमा परिवर्तनको जनआकाङ्क्षालाई जीवन व्यवहारमा सार्थक प्रयोग गर्न पार्टीले सक्षम, योग्य र कर्मठ जनसेवकलाई उम्मेदवार बनाएर मतदाताको घरदैलामा पठाएको जनाएको छ । पत्रमा भनिएको छ, ‘आफ्ना प्रतिनिधि चुन्ने अधिकार हाम्रा लागि दुर्लभ अवसर हो । अनि विवेकपूर्ण ढङ्गले न्याय, परिवर्तन, विकास र समृद्धिका पक्षमा मतदान गरी देशको प्रगति र उन्नतिमा एउटा इँटा थप्नु नागरिकको कर्तव्य हो ।’ रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण