घुस लिएको अभियोगमा नासु पक्राउ
सोमबार, २५ वैशाख २०७४, १९ : ५२
इटहरी, वैशाख २५ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पूर्वाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले आज कोसी अञ्चल यातायात व्यवस्था कार्यालयका नायब सुब्बा विनोद दाहाललाई सेवाग्राहीबाट रु आठ हजार घुस लिँदालिँदैको अभियोगमा नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीबाट घुस लिइरहेका बेला आयोगका ओम खनालको नेतृत्वमा पुगेको टोलीले उनलाई थलोबाटै पक्राउ गरेको अभियोग लगाइएको छ । घुस लिने बहानामा उनले तीन दिनदेखि सेवाग्राहीको काम रोकेको बताइएको छ ।
अभियुक्त दाहालमाथि आयोगको टोलीले सोधपुछ र अनुसन्धान गरिरहेको आयोगका पूर्वाञ्चल प्रमुख प्रेमप्रसाद भट्टराईले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण