शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मलेखुमा कार्यकर्ता झडपमा पाँच घाइते

सोमबार, २५ वैशाख २०७४, २० : २५
सोमबार, २५ वैशाख २०७४
मलेखु (धादिङ), वैशाख २५ – गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् । दुवै पक्षको चुनावी प्रचारप्रसारका क्रममा चैनपुरमा जम्काभेट भएपछि झडप भएको हो । घाइतेमध्ये मायानाथ र नारायणलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक शरद खत्रीले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप