जब एमालेका उम्मेदवारले गाउँभरि टिसर्ट बाँडे
सोमबार, २५ वैशाख २०७४, २० : ४२
चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन
काठमाडौं, बैशाख २५– धादिङ जिल्लाको थाक्रे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले गाउँभरी टिसर्ट बाँडेपछि निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।
थाक्रे गाउँपालिकाका ने.क.पा.(एमाले)का अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवारसमेतलाई निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको पाइएकाले २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको सिलसिलामा एमालेका थाक्रे गाउँपालिकाका अध्यक्ष उम्मेदवार आचार्यले उपाध्यक्ष पदका उम्मेदवारसहित सोमवार तीन ट्रक प्रचारक सहितको स्कारपियो गाडी, ब्यानर तथा दल र निर्वाचन चिन्ह सहितको टि–सर्ट वितरण गरेका थिए ।
निर्वाचन आचारसंहिता विपरीत मोटर साइकल ¥यालीसमेत निकाली निर्वाचन प्रचार–प्रसार गरेको आयोगका प्रमुख निर्वाचन आयुक्तले अनुगमनको क्रममा धादिङ सिम्लेमा स–प्रमाण फेला पारेका थिए ।
‘‘आचारसंहिता विपरीत कामकारवाही गरेको कसूरमा हदैसम्मको कारवाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबीस घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’ भनी आयोगले पत्र पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण