पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चार वर्षभित्र बन्ने
सोमबार, २५ वैशाख २०७४, २० : ५२
पोखरा, वैशाख २५ – नेपालका लागि चिनियाँ राजदूत यु होङले स्थानीय छिनेडाँडामा शिलान्यास भएको अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गरिएको छ ।
सँगै विमानस्थल निर्माणको ठेक्का लिएको सिएमसिइ कम्पनीका उपाध्यक्ष लिउ सेनगोहेङ पनि थिए ।
निरीक्षणपछि पत्रकारलाई प्रतिक्रिया दिँदै राजदूत युले विमानस्थल निर्माणमा ऋण दिने चीनको एक्जिम बैंकसँग ऋण सम्झौता ढिलो भएकाले निर्माण अघि बढ्न नसकेको बताए । उनले अब प्रक्रिया अघि बढेकाले केही दिनभित्रै ऋण सम्झौता हुने र निर्माणको काम अघि बढ्ने स्पष्ट गरे ।
ठेकेदार कम्पनीका उपाध्यक्ष लिउले निर्माण सुरु भएपछि चार वर्षभित्रै सक्नेगरी विमानस्थलको काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गरे । गत वर्ष वैशाख १ गते तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायत सबै दलका शीर्ष नेताबाट विमानस्थलको संयुक्त रुपमा शिलान्यास भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण