शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न

सोमबार, २५ वैशाख २०७४, २० : ५७
सोमबार, २५ वैशाख २०७४
स्विटजरल्याण्ड, बैशाख २५ – गैर आवासीय नेपाली संघ मेड्रिड शाखाको अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशन उत्तर कुमार राइको नेतृत्वमा सर्बसम्मतिले चयन भएको हो । निर्बाचन संयोजक रामकृष्ण पुडासैनीका अनुसार उम्मेद्बारी दर्ता गरेका र तोकिएको मितिमा कसैको पनि दाबी बिरोध या उम्मेद्बारी फिर्ता नभएको हुनाले निर्बिरोध निर्वाचित घोषणा गरिएको हो । त्यस्तै उपाध्यक्षमा मेघनाथ ढकाल सचिबमा प्रेम राज घिमिरे ( प्रवेश) , कोषाध्यक्षमा गोपाल राज सिल्पकार र केन्द्रिय सचिब को लागि जिबन प्रसाई निर्बिरोध भएका छन् । अधिबेशनमा गैर आवासीय नेपाली संघ स्पेनका अध्यक्ष मुक्त गुरुङ लगायत थुप्रै संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप