संघीय गठबन्धनका नेताहरु किन जाँदैछन् बालुवाटार ?
सोमबार, २५ वैशाख २०७४, २१ : ०३
काठमाडौ, वैशाख २५– संघीय गठबन्धनका नेताहरुले मंगलबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट गर्ने भएका छन् ।
संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उनीहरु बालुवाटार जाने भएका हुन् ।
आफूहरुसँग भएको सहमतिअनुसार संविधान संशोधन विधेयक निर्वाचन अघि पारित हुने नहुनेबारे मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने गठबन्धनले निर्णय गरेको छ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सोमवार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको भद्रसहमति तोडेको कारणले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरि अगाडि बढ्ने निर्णय गरेको हो ।
मंगलबा विहान ९ वजे गठबन्धनका नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गठबन्धनले गरेको छ । उनीहरुले प्रधानमन्त्रीलाई नै सोधेर आन्दोलन घोषणा गर्ने भएका छन् । राजपा नेपालका नेता केशव झाले भने– भोलि (मंगलबार) प्रधानमन्त्री प्रचण्डलाई भेटेर हामी सोध्नेछौं ‘अब हामी के गरौं ?
सरकारसँग भएको भद्रसहमतिअनुसार आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको तर तर सविधान संशोधन विधेयक पारित गराउन नसकेपछि यसबारेमा जानकारी दिएर आन्दोलन घोषणा गर्ने गठबन्धनको तयारी छ ।
प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई धोका दिएको निष्कर्ष गठबन्धनको बैठकले निकालेको छ । पहिलो चरणको चुनाव वैशाख ३१ गते अघि नै सविधान संशोधन विधेयक पारित गराउने सहमति भएका थियो तर विभिन्न बहानामा व्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएकोप्रति गठबन्धनका नेताहरुले आलोचना गरेको नेता झाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण