शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

चट्याङ लागेर एकको मृत्यु

सोमबार, २५ वैशाख २०७४, २१ : ३४
सोमबार, २५ वैशाख २०७४
तम्घास (गुल्मी), वैशाख २५ – चट्याङ लागेर मालिका गाउँपालिका–४ अर्खावाङ निवासी ८० वर्षीय डोरबहादुर खत्रीको आज मृत्यु भएको छ । अपराह्न आफ्नो घरमा बसिरहेका अवस्थामा परेको चट्याङका कारण खत्रीकोे घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए । चट्याङ लागेर खत्रीसँगै घरमा बसेका छिमेकी १८ वर्षीय लोकेन्द्र केसी, १५ वर्षीय टीकाबहादुर केसी र १० वर्षीया शारदा केसी घाइते भएकामा अर्खावाङस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप