म्याक्रोन कम उमेरका एक्लो महारथी होइनन्, अरु पनि छन्
सोमबार, २५ वैशाख २०७४, २१ : ४७
काठमाडौं, वैशाख २५– फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इमानुएल म्याक्रोँ सबैभन्दा कम उमेरमा राष्ट्रपति भएको चर्चा विश्वभरी नै चलेको छ । ३९ वर्षे म्याक्रोँ आफ्नो दोस्रो प्रतिष्पर्धी ल पेनलाई पराजित गरी राष्ट्रपतिमा निर्वाचित भए । २ सय २५ वर्षे फ्रान्सेली गणतन्त्रको इतिहासमा उनी सबै भन्दा कम उमेरका राष्ट्र प्रमुख भएका छन् ।
तर कम उमेरमा राष्ट्र प्रमुख बन्ने म्याक्रोँ एक्लो महारथी भने होइनन् । सानो उमेरमा सबै भन्दा सानो उमेरका ठूला प्रशासक विश्व इतिहासमा अरु पनि भएका थिए । प्राचिन योद्धादेखि गणतान्त्रिक नेतासम्म म्याक्रोँलाई चुनौती दिए ती युवाहरु को हुन् ?
पिट द यंगर
नाममा नै धेरै कुरा लुकेको छ । सन् १७८३ मा जब विलियन पित ‘द यंगर’ ब्रिटेनको प्रधानमन्त्री बने । उनी जतिबेला प्रधानमन्त्री भए, त्यतिबेला मात्र २४ वर्षका थिए । उनी सन् १८०६ मा आफ्नो मृत्युको समयसम्म पनि प्रधानमन्त्री भएका थिए ।
एमिल दिमित्रिदेव
फ्रान्सका नवनिर्वाचित राष्ट्रपति म्याक्रोँ ३९ वर्षका छन् । तर दक्षिण पूर्वी यूरोपको देश मेसेडोनियाका प्रधानमन्त्री एमिल दिमित्रिदेव ३८ वर्षका छन् । उनले पछिल्लो वर्ष १८ जनवरीमा पद सम्हालेका थिए ।
शेख तमीम हमद अल थानी
कतारका वर्तमान तथा आठौं धनी ब्यक्ति शेख तमीम बिन हमद अल थानी मात्र ३६ वर्षका छन् । उनी यसअघिका धनी ब्इक्ति हमल बिन खलीफा अल थानीका चौधौं पुत्र हुन् ।
किम जोङ उन
उत्तर कोरियाका नेता किम जोङ उनलाई कसैले विर्सन सक्दैन । जो मात्र ३३ वर्षका छन् ।
ब्यानेसा डी एम्ब्रोसियो
उत्तर–पूर्वी इटलीको छेउ एक सान मरीनो नामको एक सानो देश छ । त्यहाँ २८ वर्षीय ब्यानेसा डी एम्ब्रोसिया सबैलाई ठक्कर दिने महिला हुन् । यो गणतन्त्रका प्रमुख दुई प्रशाशक छन् । ती मध्ये ब्यानेसा एक हुन्, जो यो देशको दोस्रो ठूलो महिला नेता हुन् ।
सिकन्दर
इतिहासकै सबैभन्दा महान सेनापति मध्ये एक सिकन्दर मात्र २० वर्षका थिए । जब २ सय २६ ईसापूर्वमा उनलाई मेसेडोनियाको ताज मिलेको थियो । फारस राज्यलाई जितेर एक यस्तो साम्राज्यको शासक बनेका थिए, जसको विस्तार तीन महाद्वीपसम्म फैलिएको थियो ।
(एजेन्सीको सहयोगमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण