तीनवटा गाडी आपसमा ठोक्कियो
मङ्गलबार, २६ वैशाख २०७४, ०८ : ५०
चिवतन, २६ वैशाख - पूर्वी चितवनको रत्ननगरस्थित सौराहा चोकमा तीनवटा गाडी एकआपसमा ठक्कर खाँदा १३ यात्रु घाइते भएका छन् ।
रत्ननगर नगरपालिका–१ स्थित सडकमा गएराति १२ः३० बजेको समयमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ९३११ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ६१६३ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
दुर्घटनाका क्रममा बा ३ ख ९३११ नम्बरको बसको पछाडिबाट आइरहेको ना ५ ख ९१३६ नम्बरको बस समेत ठक्कर खान पुग्दा दुवै बसका गरेर १३ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये चारजनाको रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ भने अन्यको चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बस र ट्रकका चालक भने इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेका छन् । तीव्रगतिमा गाडी चलेकाले दुर्घटना भएको अनुमान प्रहरीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण