प्रचण्डसँग हात मिलाएपछि नयाँ शक्तिबाट ‘मामा’ निलम्वित
मङ्गलबार, २६ वैशाख २०७४, ०९ : १६
पोखरा, २६ बैशाख - नयाँ शक्ति पार्टी नेपालले कास्की जिल्ला अन्तर्गत पोखरालेखनाथ महानगर संयोजक जितबहादुर गुरुङ्ग ‘मामा’लाई पार्टीबाट निलम्वित गरेको छ । पार्टीको विधान विपरित कार्य गरेका कारण निलम्बन गरिएको प्रदेश नं. ४ को कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नयाँ शक्ति पार्टी प्रदेश नं. ४ को मंगलबार राती बसेको बैठकले निलम्वन गरेको निर्णयसँगै जारी विज्ञप्तीमा लेखिएको छ– ‘चलिरहेको चुनावी दौरानका क्रममा नयाँ शक्ति पार्टी नेपाल पोखरा लेखनाथ महानगर संयोजक जित ब. गुरुङ्गले निर्वाचनमा गठबन्धन उमेदवारलाई असहयोग गर्ने, कार्यकर्ता भड्काउने गतिविधिलाई प्रोत्साहन गर्ने र विरोधी पार्टीसँग अवाञ्छित साँठगाँठ गरी पार्टी एवं गठबन्धनका उम्मेदवारहरुको चुनावी कार्यक्रमलाई प्रत्यक्ष-अप्रत्यक्ष तवरले प्रभाव पार्ने काममा संलग्न भएको पाइएकोले निजलाई पार्टीका सबै तहका जिम्मेवारीबाट तत्काल निलम्बन गरिएको ब्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराईन्छ ।’
त्यस्तै निर्वाचन तथा पार्टी संगठन सम्बन्धिका सम्पूर्ण काम कार्यबाहीहरु पूर्ववत् रुपमा पार्टी विधान र नियम बमोजिम संचालनमा रहेको र यस सम्बन्धमा अन्य कुनै भ्रममा नपरी निर्वाचनका सबै कार्यक्रमहरुलाई पूवर्वत रुपमा अगाडि बढाउने कुरा प्रदेश ४ की संयोजक बलावती शर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
‘मामा’ को नामले चर्चित जितबहादुर गुरुङ्ग हिजोमात्र माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
नयाँ शक्तिमा लागेका मामा माओवादी केन्द्रमै किन फर्किए ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण