शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गच्छदार सरकारमा गएको अर्कोदिन सत्तारुढ दल र संघीय गठबन्धनका नेताबीच वैठक

मङ्गलबार, २६ वैशाख २०७४, ०९ : ४५
मङ्गलबार, २६ वैशाख २०७४

बैशाख २६, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ काँग्रेस र माओवादीका नेताहरुले संघीय गठबन्धनसँग छलफल गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनका नेताहरुबीच विहान साढे नौ बजेबाट वैठक शुरु भएको छ । वैठकमा प्रधानमन्त्री प्रचण्डबाहेक काँग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि, संघीय गठबन्धनका महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु सहभागी छन् । हिजो मात्र बिजयकुमार गच्छदार सरकारमा सहभागी भएका थिए । संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उनीहरु बालुवाटार गएका हुन् । आफूहरुसँग भएको सहमतिअनुसार संविधान संशोधन विधेयक निर्वाचन अघि पारित हुने नहुनेबारे प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउने गठबन्धनले निर्णय गरेको थियो । सोही अनुसार उनीहरु आज बालुवाटार गएका हुन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा सोमवार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको भद्रसहमति तोडेको कारणले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरि अगाडि बढ्ने निर्णय गरेको थियो । उनीहरुले प्रधानमन्त्रीलाई भेटेपछि थप रणनीति बनाउने तयारी गरेका छन् । राजपा नेपालका नेता केशव झाले सोमवार साँझ रातोपाटीसँग कुरा गर्दे भनेका थिए– भोलि (मंगलबार) प्रधानमन्त्री प्रचण्डलाई भेटेर हामी सोध्नेछौं ‘अब हामी के गरौं ? सरकारसँग भएको भएको सहमतिअनुसार आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएको तर तर सविधान संशोधन विधेयक पारित गराउन नसकेपछि यसबारेमा जानकारी दिएर आन्दोलन घोषणा गर्ने गठबन्धनको तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई धोका दिएको निष्कर्ष गठबन्धनको बैठकले निकालेको छ । पहिलो चरणको चुनाव वैशाख ३१ गते अघि नै सविधान संशोधन विधेयक पारित गराउने सहमति भएका थियो तर विभिन्न बहानामा व्यवस्थापिका संसदको बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरिएकोप्रति गठबन्धनका नेताहरुले आलोचना गरेको नेता झाले जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप