शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बेलायती संसदीय निर्वाचनमा नेपाली उम्मेदवार

मङ्गलबार, २६ वैशाख २०७४, १० : ०३
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौँ, २६ वैशाख - नेपालमा आगामी स्थानीय चुनावको चर्चा चलिरहँदा उता बेलायतमा हुन लागेको संसदीय निर्वाचनमा नेपाली मूलका नागरिकले पनि उम्मेदवारी दिने भएका छन् । आगामी जुन ८ मा हुन लागेको संसदीय निर्वाचनमा तनहुँ कमलबारी निवासी डा बच्चु कैलाश कैनीले बेलायतको डार्टफोर्ड निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन लागेका हुन् । उनि हाल बेलायतको लेबर पार्टीबाट काउन्सिलर छन् । बेलायती संसद्को प्रमुख प्रतिपक्ष पार्टी लेवर पार्टीले तोकेको योग्यता पुगेका योग्य सदस्यबाट संसदीय निर्वाचनको चुनावमा उम्मेदवार हुन आवेदन मागेकोमा डा कैनीले आवेदन दिएका हुन् । डा कैनीले रासससँग कुरा गर्दै आगामी मे ११ मा औपचारिक रुपमा उम्मेदवारी दर्ता गराउने जानकारी दिए । बेलायतको संसदीय इतिहासमा नेपाली मूलको उम्मेदवार बनेको यो पहिलोपटक हो । उनले आफ्नो निर्वाचनको मुख्य योजना डार्टफोर्ड क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा, यातायात र सहरी विकास रहेको बताए । सन् २००५ मा बेलायत प्रवेश गर्नुभएका कैनीले सन् २०१३ मा लेवर पार्टीको सक्रिय सदस्य, सन् २०१४ मा महासमिति सदस्य र सन् २०१५ मा काउन्सिलर पदमा निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप