जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु
मङ्गलबार, २६ वैशाख २०७४, १० : १२
इलाम, २६ वैशाख - इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ ।
७।६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ ।
सानभी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजना निर्माण सुरु भएको २८ महिनामै सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको सञ्चालक पाल्देन काजी लाप्चाले जानकारी दिए ।
एक अर्ब ५७ करोडमा निर्माण सम्पन्न भएको आयोजना २०७१ मङ्सिर ५ गतेदेखि निर्माण सुरु गरिएको थियो । वार्षिक चार करोड ३० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विद्युत् पावर हाउसबाट इलामको गोदकस्थित कावेली कोरिडोरको सवस्टेसनमा साढे १० किलोमिटर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ ।
लक्ष्मी बैंक लगानीकर्ता रहेको आयोजनामा अन्य बैंक कैलाश बैंक, प्रभु बैंक र भिवोर बैंकले लगानी गरेका छन् ।
आयोजनामा जापानको तोसिवा कम्पनीका सामान प्रयोग गरिएको सञ्चालक लाप्चाले बताए । नेपालमै साना जलविद्युत् आयोजनामा पहिलो पटक तोसिवाको सामग्री प्रयोग भएको हो ।
पावर हाउसमा चारसय किलोवाट क्षमताका दुईवटा फ्रान्सिस टर्वाइन जडान गरिएका छन् । आयोजनाका मुख्य संरचना एक हजार पाँचसय मिटरको सुरुङ, हेडवक्र्स, हेडरेस पाइप, सर्च टेंक, पेनस्टक, पावर हाउस र ट्रान्समिसन लाइन सबै निर्माण भएको छ ।
आयोजनाले फिक्कलदेखि पावरहाउससम्म साढे दश किलोमिटर सडक निर्माण पनि सम्पन्न गरेको छ । सडक निर्माणपछि स्थानीयलाई आवतजावत गर्न सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण