शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

आमा–छोरा एउटै डोरीमा पासो लगाएर आत्महत्या

मङ्गलबार, २६ वैशाख २०७४, १० : २२
मङ्गलबार, २६ वैशाख २०७४

प्रेम सुनार

गुल्मी, बैशाख २६ – केहि दिन अघि गुल्मीमा निकै कहालिलाग्दो घटना घटेको प्रहरीले आज सार्वजानिक गरेको छ । प्रहरीका अनुसार गत वैशाख २२ गते साँझ पौने ६ वजेको समयमा छत्रकोट गाउँपालिका वडा नम्वर–२ पल्लीकोट गाउँमा आमा छोराले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।

पल्लीकोटकी २० वर्षिया शितल परियार र उनका २ वर्षिय छोरा प्रवेश परिवारले एउटै डोरीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलले पहिला शितलले छोरालाई प्लाष्टिककोे डोरीले पासो लगाई हत्या गरेको र पछि उनले पनि त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए । उनका श्रीमान् पदम परियार बैदेशिक रोजगारका लागि दुवईमा रहेका जनाइएको छ ।

घर बनाउँदा ५०–६० हजार ऋण रहेको, श्रीमान्सँग फोन कुराकानीमा भनाभन हुने गरेकोले सोही तनावमा शितलले यो कदम उठाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको जनाइएको छ ।

यसैबीच गुल्मीकै वडा नम्वर २ मु १९ वर्षिया मुसिकोट देउरालीकी १९ वर्षिया मधु पन्त घिमिरेले पनि उनको माईती घर वामीटक्सारमा झुण्डिएर आत्महत्या गरेको प्रहरी सहायक निरीक्षक सत्य नारायण यादवले जानकारी दिए ।

उनले ३ वर्ष अघि मुसिकोट देउरीका धनिश्वर घिमिरेसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेर माइतीमै बसेर पढ्ने गरेको र गत कार्तिक महिनादेखि उनी घरमा गएकी थिइनन् ।

उनका श्रीमान् एक महिनाअघि काठमाडौँबाट घर आएको र दुवैको सम्वन्ध राम्रै पाइएको मुसिकोट दउरालीका मदनदीप घिमिरेले बताए ।

उनले आत्महत्या गर्नुको कारण खुल्न नसेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप