सिरहाको कचनारिमा झाडापखालाको प्रकोप, एक बालिकाको मृत्यु
रामभरोसी यादव
सिरहा, बैशाख २६– सिरहाको कचनारिमा झाडा पखालाको प्रकोपले एक बालिकाको ज्यान जानूका साथै २५ जना विरामी परेका छन् ।
झाडा पखालाले बरियारपटी – १ नरगीटोल कचनारिका रामउदगार सदय का १० वर्षिया छोरी कबिताको ज्यान गएको हो । कचनारि–३ मा शनिवारयता झाडापखाला फैलिएको स्थानीयले बताएका छन् ।
गाउँमा झाडा पखाला फैलिएपछि स्थानीय वासिन्दा त्रसित छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने हैजा नभएको भन्दै सामान्य झाडापखाला भएकोले नआत्तिन अनुरोध गरेको छ ।
सदयको उपचारका क्रममा मृत्यु भएको हो । ढिलोगरी अस्पताल ल्याइपुर्याएकाले उनको मुत्यु भएको जिल्ला अस्पताल सिरहाले जनाएको छ ।
अन्य सवै विरामीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीलाई ठाउँको अभावमा भूइमै राखेर उपचार भइरहेको छ ।
विरामीमा पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षण देखिएका छन् । झाडा पखालाबाट बालबालिका सवैभन्दा धेरै प्रभावित भएका छन् ।
विरामीमध्ये १४ जना १६ वर्ष भन्दा कम उमेरका रहेको विरमी दर्ता किताबले देखाएको छ । एक घन्टामानै ५/६ पटक भन्दा बढी पटक पखाला लाग्ने गरेको उपचारमा संलग्न चिकित्सकको भनाई छ ।
नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयको टोली गाउँमै पुगेर उपचार गरिरहेको जिल्ला जनस्वास्थ्य सिरहाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण