उत्तर कोरियाले आखिर परमाणु बम कसरी बनायो ? कसरी निरन्तरता दिइरहेछ ?
बीबीसी
बैशाख २६ – अमेरिका र उत्तर कोरियाबिच तनाव लगातार बढिरहेको छ । उत्तर कोरियाली नेता किम जोंग उन लामो दुरीको मिसाइल परिक्षण र परमाणु कार्यक्रमलाई अगाडि बढाउन लागिपरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गरोस् भन्ने चाहन्छन् । अमेरिकाले उत्तर कोरियाको मामलामा लक्ष्य हाँसिल गर्ने सबै विकल्प खुल्ला भएको बताउँदै आएको छ ।
यता उत्तर कोरियाले भने अमेरिकाले सैन्य कारवाही गरे आफूहरु अत्यधिक शक्तिशाली हमला गर्ने चेतावनी दिएको छ ।
शान्तिका लागि उत्तर कोरिया खतराः
तर प्रश्न यो उठ्छ कि संसारबाट अलग्गिएको र एक गरिब देशले परमाणु हतियार कसरी हाँसिल गर्यो ? यसमा बीबीसी रेडियो कार्यक्रमका लागि रुथ एलेक्जेन्डरले विशेषज्ञको सल्लाह लिएका छन् ।
उत्तर कोरियाले यस वर्ष दुई ठूला सैन्य प्रदर्शन, थुप्रै मिसाइल परिक्षण र ६ परमाणु परिक्षणको दाबी गरेर संसारसामू चुनौती पेश गरेको छ । उत्तर कोरियाले पनि यसै वर्ष आफू कुनै पनि चुनौतीसँग लड्नका लागि तयार भएको बताएको छ ।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापानी सैनिकलाई सम्बोधन गदै भने, ‘एशिया प्रशान्तको शान्तिका लागि उत्तर कोरिया खतरा हो । कुनै पनि हमला, चाहे त्यो परमाणु हमला नै किन नहोस्, त्यसमा उनीहरुले हार्नुपर्छ ।’
परमाणु हमलाको आशंकाः
उत्तर कोरियाले बम बनाउने प्रविधि हाँसिल गरेको कुरा इतिहासको पानामा लुकेको छ । यसलाई जान्नका लागि अक्टोबर सन् १९५० मा जानुपर्छ ।
त्यतिबेला कोरियाली युद्ध सुरु भएको थियो । यसमा लाखौं मानिसहरुको ज्यान गएको थियो । उक्त लडाईं पछि नै उत्तर कोरियालाई आफूसँग परमाणु हतियार हुनुपर्ने कुराको आभाष भयो । उत्तर कोरियालाई लाग्थ्यो कि अमेरिकाले उनीहरुविरुद्ध परमाणु हतियारको प्रयोग गर्नसक्छ ।
कोरियाली युद्ध समाप्त भएपछि उत्तर कोरियाले न्यूक्लियर अनुसन्धानमा काम गर्न सुरु गरेका थिए । उनीहरुले यसलाई सबैभन्दा पहिले बिजुली उत्पादनसँग जोडे । यसका लागि उनीहरुले कम्युनिष्ट सहयोगीसँग मद्दत लिए ।
विशेषज्ञका अनुसार यदि युरेनियमबाट बिजुली हाँसिल गर्ने सिस्टम विकसित गरियो भने हतियारसम्म पुग्न मुश्किल हुँदैन ।
पाकिस्तान बन्यो सहयोगीः
सन् १९९० को दशकमा कम्युनिष्ट यूनियन विभाजन भएपछि उत्तर कोरियाले नयाँ सहयोगीको खोजी सुरु गर्यो ।
ब्रिगेडियर फिरोज हसन खानले बीबीसी रेडियोको एक कार्यक्रममा उत्तर कोरियाले नयाँ सहयोगीको रुपमा पाकिस्तान पाएको जानकारी दिए । उनका अनुसार त्यतिबेला दुई देशबिच आधिकारिक बम र गोप्य बमको विषयमा सम्झौता भयो ।
खानका अनुसार उत्तर कोरिया र पाकिस्तानका बिच लिक्विड फ्यूल्ड ब्यालिस्टिक मिसाइल टेक्नोलोजी ट्रान्सफर गर्न सम्झौता भयो । दुबै देशबिच आधिकारिक सम्झौता भयो र उनका वैज्ञानिक मिसाइल टेक्नोलोजीमा सँगै मिलेर काम गर्ने कुरा तय भयो ।
उत्तर कोरियाले मिसाइल विकसित गर्न पाकिस्तानको मद्दत गर्यो र पाकिस्तानी वैज्ञानिक अब्दुल कदीर खानको रिसर्च सेन्टरले उत्तर कोरियाको परमाणु हतियार विकसित गर्नमा ।
पाकिस्तानलाई न्यूक्लियर स्टेट बनाउने श्रेय कदीर खानलाई दिइन्छ । त्यसपछि दुबै देशको सम्बन्धमा तिक्तता आयो । खानले अन्य देशलाई उत्तर कोरियाको न्यूक्लियर प्रविधीसँग परिचय गराएको आरोप उत्तर कोरियाले लगायो ।
विशेषज्ञका अनुसार पाकिस्तानले उत्तर कोरिया र कदीर खानको रिसर्च सेन्टरको मद्दत दिने अनुमती दिए । त्यसको बदलामा उत्तर कोरियाले पाकिस्तानको मिसाइल टेक्नोलोजीको तालिम दिए ।
दोस्रोतर्फ पाकिस्तानी वैज्ञानिकले उत्तर कोरियाको वैज्ञानिकको युरेनियमको प्रयोगको तालिम दिए । दुबै देशबिचको यो सम्बन्ध त्यतिबेला सार्वजनिक भयो जब इस्लामाबादमा एक वैज्ञानिकसमेत तीनजनाको हत्या भयो ।
अन्तर्राष्ट्रिय हतियार निरिक्षक डेविड ओ ब्रायनको भनाई अनुसार हतियार बनाउनका लागि उत्तर कोरिायाको सामान चीन हुँदै पुगेको थियो । ती सामान व्यापारको आडमा त्यहाँ पुगेका थिए ।
ब्रायन भन्छन्, ‘उत्तर कोरियाका लागि चीनको बाटो सामान हाँसिल गर्नु त्यति मुश्किल थिएन । चीनमा सीमामा त्यति कडाई हुँदैन ।’
सायद यही कारणले अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्ध लगाएपनि कोरिया आफ्नो परमाणु कार्यक्रमलाई अगाडि बढाउँदै गएको छ र अमेरिका र संसारका अन्य शक्तिशाली देशलाई आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण