माओवादी पहिलो स्थानमा रहेको भन्दै सचेतकले नै फेसबुकमा लेखेपछि..
काठमाडौं, २६ बैशाख –निर्वाचन आयोगले ने.क.पा. (माओवादी केन्द्र) की सचेतक सीता नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै आफ्नो फेसबुकको स्टाटसमा पोष्ट गरेको विषयलाई लिएर निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्ने विषयमा हदैसम्मको कारवाही किन नगर्ने भनी २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्न निर्देशन दिएको छ ।
आयोगको निर्णय यसप्रकार छः ‘‘संवत् २०७४ साल बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका सिलसिलामा “माओवादी केन्द्रका सचेतकसीता नेपालीले निर्वाचन आयोगका प्रवक्ताका अनुसार अहिलेसम्म निर्विरोध सदस्य’’ भन्ने व्यहोरा उल्लेख गर्दै ‘‘माओवादी केन्द्र–१४५, कांगे्रस–१३५, एमाले–२५, राप्रपा–२, नयाँ शक्ति–१ भनी राखेको तथ्याङ्कसम्बन्धमा छानबिन गर्नुपर्ने” भनी फेसबुक पेजको प्रिन्टसमेत संलग्न गरी आयोगसमक्ष उजुरी प्राप्त भएको हुँदा फेसबुकमार्फत गलत सूचना सम्पे्रषण गरेको देखिन आएकाले तपाईंलाई निर्वाचन आचार संहिता उल्लंघन गरेतर्फ हदैसम्मको कारवाही किन नगर्ने ? कारवाही नगर्नु पर्ने कुनै कारण भए यो पत्र बमोजिमको सूचना प्राप्त भएका मितिले २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्ट विवरण पेश गर्नुहुन’’ भन्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण