शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकामा किराँत राई कम्युनिटी गठन

मङ्गलबार, २६ वैशाख २०७४, १० : ४७
मङ्गलबार, २६ वैशाख २०७४
अमेरिका, बैशाख २६ –अमेरिकाको कोलोराडोमा रहेको किंराँत राई सोसाइटी अफ अमेरिका कोलोराडो चप्टरका अध्यक्ष भिम राईलागयत ७० जनाले सोसाइटी परित्याग गरि नयाँ संस्था स्थापना गरेका छन् । उनीहरुले आईतबार एक कार्यक्रम गरी किराँत राई कम्युनिटी अफ अमेरिका स्थापना गरेका हुन् । नवगठित संस्थामा अध्यक्ष,उपाध्यक्ष ,सचिव, कोषध्यक्ष र संस्कृति संयोजकमा क्रमशः भिम राई, शोभा सुब्बा राई, जिदन राई, दिल राई मालती मगर र धन राई रहेका छन् । त्यस्तै सदस्यहरुमा धन बहादुर राई, इन्द्र राई, सपना राई रहेका छन् । कोलोराडोको अरोरामा आयोजित कार्यक्रममा संस्थाका सल्लहाकारहरु समेत चयन गरिएको छ । जसमा टिकाराम राई, सन राई, अस्वी मिजार (शेर) केदार खतिवडा र अमेरिकन नागरिक डा.दय्न एड्वन रहेका छन् । किराँत जातिको भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्ने मुख्य योजनाको साथ संस्था स्थापना भएको अध्यक्ष भिम राईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप