शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

साँखुका भत्किएका घर यसरी रंगिए चुनावी प्रचारले (फोटोफिचर)

मङ्गलबार, २६ वैशाख २०७४, १० : ५५
मङ्गलबार, २६ वैशाख २०७४

शम्भु दंगाल

काठमाडौं, बैशाख २६ - भूकम्पले निकै क्षति पु¥याएको काठमाडौंको उत्तरपूर्वी क्षेत्र शंखरापुर नगरपालिकामा पनि अन्यत्र जस्तै चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

भत्किएका घर, चोक, बजार सबैतिर उम्मेदवारहरुको चुनावी प्रचार सामग्रीले छपक्कै छोपेका छन् ।

निर्वाचन प्रचारमा दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारहरुले पनि फ्लेक्स प्रिन्ट ब्यानर, चुनाव चिन्हको झन्डा, पोष्टर, पर्चा जस्ता सामग्री बनाएर प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

मोटरसाइकल, ट्याक्सी, जिप लगायतका सबारी साधनमा भोट माग्न घरदैलो गरिरहेका उम्मेदवारहरुलाई भोट माग्न भ्याई नभ्याई छ । शंखरापुर नगरपालिकामा राजनीतिक दलका तर्फबाट र स्वतन्त्रबाट गरी २ सय ७ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

मेयरका लागि १० जना र उपमेयरका लागि ९ जनाले चुनावी प्रतिष्पर्धा गरिरहेका छन् । यसअघिको ५४ सालको स्थानीय तहको निर्वाचनमा शंखरापुर नगरपालिका भित्र पर्ने ६ वटा गाबिस मध्ये ५ गाबिसमा नेकपा एमाले निर्वाचित भएको थियो १ गाबिसमा राप्रपा निर्वाचित भएको थियो ।

यस्तै दोश्रो संविधान सभाको निर्वाचन अन्र्तगत भएको उपनिर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका दीपक कुमार कुँइकेल बिजयी भएका थिए । भूकम्पपछि पुनःनिर्माण हुदै गरेको साँखुका भत्किएका घरमा यस्तो छ चुनावी प्रचार :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप