शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

उपत्यकामा चार नयाँ सहर निर्माणको तयारी

मङ्गलबार, २६ वैशाख २०७४, ११ : ०५
मङ्गलबार, २६ वैशाख २०७४

काठमाडौं, बैशाख २६– उपत्यकाका चार स्थानमा नयाँ सहर निर्माण गर्ने तयारीमा सरकार जुटेको छ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले काठमाडौं उपत्यका भित्रका चार दिशामा चार नयां नगरहरुको निर्माण गर्ने काममा सरकार जुटेको जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकाको भौतिक विकास समितिको आठौं वैठकले यसबारे आवश्यक निर्णय समेत गरिसकेको छ । जसअनुसार काठमाडौंमा दुई, भक्तपुर र ललितपुरका एक–एक स्थानमा सहर निर्माण गरिने छ ।

चार वटा नगरहरुमध्ये काठमाडौंको पूर्व उत्तरमा करिव एक लाख रोपनी क्षेत्रफल ओगटेको नयां नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रवाट एकसय अरब र निजी क्षेत्रवाट चारसय अरब रुपैयां ५ वर्ष भित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

सहरको संरचना जग्गा एकीकरणको माध्यमवाट निजी र जग्गाधनीहरु समेतको संलग्नतामा सम्पन्न गरिने छ ।

यसका लागि अन्तर्राष्ट्रिय स्टेट अफ आर्ट सहर निर्माण गर्न सोसंग सम्वन्धित विज्ञहरुको सेवा परामर्श लिईने छ ।

त्यसैगरी काठमाडौंको दक्षिण पश्चिम, पूर्व दक्षिण र उत्तर दिशामा दश दश हजार रोपनी क्षेत्रफल ओगटेको नयां नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रवाट दश अरब र निजी क्षेत्रवाट चालिस अरब रुपैयां ५ वर्ष भित्रमा लगानी हुने प्रारम्भिक अनुमान गरिएको छ । यी नयां नगरहरुमा पनि जग्गा एकीकरणको प्रकृयाद्धारा व्यवस्थित सहरीकरण गरिने छ ।

काठमाडौं उपत्यका भित्र नयां नगरको चार किल्ला सहित आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी नगर निर्माणको कार्य अगाडी बढाईने छ । यसमध्ये पूर्व उत्तरको नयाँ नगर पहिलो प्राथमिकतामा रहेकोले उक्त कार्य तत्काल अगाडी बढाईने मन्त्रीको सचिवालयबाट निरन्जन थापाले जानकारि दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप