शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

यस्तो छ ‘प्रेमगीत २’को नयाँ गीत

मङ्गलबार, २६ वैशाख २०७४, ११ : ०८
मङ्गलबार, २६ वैशाख २०७४
काठमाडौं, बैशाख २६ – गीत संगीतको कारणले निर्माण समय देखिनै चर्चामा रहेको चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत ‘मोटरसाइकलमा...’ रिलिज भएको छ । युट्युब मार्फत रिलिज गरिएको गीतमा स्कटिस संगीतको स्वादसँग नेपालीपन मिश्रण गरिएको छ । गीतको संगीत एलिस कार्कीले गरेका छन् । कार्कीको यो संगीतमा डेब्यु कम्पोज हो । यस चलचित्रमा उनले एक गीत अर्काे पनि कम्पोज गरेका छन् । गीतमा स्वस्तिमा खड्का, प्रदीप खड्का र अश्लेषा ठकुरी को अभिनय देख्न सकिन्छ । राजेशकुमार श्रेष्ठ र बबिनका शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर एवं रिनशा राईको नृत्य निर्देशन गीतमा छ । ओम गुरुङ सह निर्माता रहेको चलचित्र आशुसेन पिक्चर्सको ब्यानरमा सन्तोश सेनले निर्माण गरेका हुन् । रामशरण पाठकले निर्देशन रहेको चलचित्रमा म्यानमार र बर्मेली पात्रबीचको प्रेमकथा बुनिएको छ । चलचित्र १३ साउनमा देशभर रिलिज हुँदैछ । — गीत नयाँ शैलीको संगीतमा रहेको संगीतकार कार्कीले बताए । — दर्शकले मोटरसाइकल गीतलाई अत्याधिक रुचाउने निर्माता सेनले बताए । https://youtu.be/KmzdUe0RSJo  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप