रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने प्रशिक्षक र खेलाडीमाथि प्रतिबन्ध
नुवाकोट, २६ वगैशाख । जिल्लास्तरीय एन्फा लिग फुटबल प्रतियोगितामा रेफ्री र लायन्सम्यानलाई आक्रमण गर्ने देवीघाट जालपा युवा क्लब र त्यसमा आबद्ध दुई खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ जरिवाना तोकिएको छ ।
चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा आक्रमणमा उत्रिएको देवीघाट जालपा क्बल र त्यसका प्रशिक्षक विनोद चित्रकार तथा खेलाडीहरु राजाराम चित्रकार र नवीन चित्रकारलाई दुई वर्षसम्मको प्रतिबन्ध र रु १५ हजार तिराउने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० नुवाकोटका महासचिव विष्णुप्रसाद चालिसेले जानकारी दिए।
एन्फा नुवाकोटको बैठकले वैशाख १३ गते भएको खेलमा अनुशासनहीन काम गरेको भन्दै क्लब, प्रशिक्षक र खेलाडीलाई प्रतिबन्ध र नगद रुपैयाँ तिराउने निर्णय गरेको जनाएको छ ।
खेल सञ्चालनको समयमा मर्यादा विपरीत क्रियाकलाप गर्ने देवीघाट जालपाका समर्थक विकास चित्रकार, राकेश चित्रकार, नवीन चित्रकार, अरुण चित्रकार र विक्रम थापामगरमाथि समेत कारबाहीको माग एन्फाले गरेको छ ।
क्वाटरफाइनलको खेलमा चण्डीमाई युवा क्लबसँगको प्रतिस्पर्धामा देवीघाट जालपाले प्रहार गरेको बल गोलमा परिणत भए पनि रेफ्री सहदेव श्रेष्ठले अफसाइड दिएपछि गोलको माग गर्दै प्रशिक्षक र खेलाडी विवादमा उत्रिएका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण