दोलखामा मध्यरातमा सडक सुधार आयोजनाको गाडी जलाइयो
मङ्गलबार, २६ वैशाख २०७४, ११ : १६
चरिकोट, २६ वैशाख । दोलखामा मध्यराति हाईलक्स गाडी जलाइएको छ । बा ९ च १०८० नम्बरको हाईलक्स गाडी जलाएको हो ।
खाडीचौर–जिरी सडक विस्तार आयोजनाको कन्सल्ट्यान्ट ईतिको कन्सल्ट्यान्स कम्पनीले प्रयोग गर्ने हाईलक्स गाडी गएराति १ बजेको समयमा भिमेश्वर नगरपालिका–६ चोथाङमा जलिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा गएर अनुसन्धान गर्दा गाडी जलाउनुको कारणबारे खुलेको छैन ।
कन्सल्ट्यान्टको गाडी के कारणले जलेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रेमसागर केसीले जानकारी दिए ।
एक्जीम बैंक भारतको सहयोगमा निर्माण भइरहेको सडक सुधार आयोजनाको कन्सल्ट्यान्टले प्रयोग गर्ने गाडी जल्नुमा आयोजनामा भएको वादविवाद हुनसक्ने अनुमान गरिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण